Heading NLFS Donates Food to 150+ Households in Raksirang, Makwanpur District

राक्सीराङ। मकवानपुरको राक्सीराङ्ग गाउंँपालिका वडा नम्बर ६ का डेढसय घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । गैरसरकारी संस्था शान्ति मेड नेपालका Dr Ruth through काे आर्थिक सहयोग र लिटिल फ्लावर सोसाईटीको समन्वयमा आइतबार खाद्यान्न वितरण गरिएको हो । संस्थाको नियमित तालिका अनुसार सिमान्तकृत समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले खाद्यान्न तथा पोषण वितरण गरिएको सोसाईटीका निर्देशक फादर रोवीकू जानकारी दिनुभयो ।उहांँका अनुसार सो वडाको सिलिङे रहेका ३ महिना र ६ महिनासम्म मात्रै खान पुग्ने १५० घरधुरीलाई एक बोरा चामल (३० किलो) र २ किलो दाल वितरण गरिएको हो । संविधानसभा सदस्य गोविन्दराम चेपाङको संयोजनमा भएको खाद्यान्न वितरण कार्यक्रममा नेपाल लिटिल फ्लावर सोसाईटीका निर्देशक फादर रोवीकू, फादर ज्याकभ, मिस्टर शाभियो र सिन्डो, वडा अध्यक्ष अक्कल बहादुर माेक्तान , कार्यपालिका सदस्य सिहंलाल चेपाङ, श्री राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक लालुमाया चेपाङ, सिलिङे सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णलाल तामाङ, समाजसेवी प्रशान्त चेपाङ लगायतको उपस्थिति रहेको थियो । आजभन्दा २८ वर्ष अघि स्थापना भएको नेपाल लिटिल फ्लावर सोसाईटीले चितवन, मकबानपुर, नवलपरासी, धादिङ, पर्सा लगायत देशका विभिन्न जिल्लाका विपन्न तथा सिमान्तकृत समूदायका लागि लाखौ मूल्यको खाद्यान्न वितरण गरिसकेको छ । सोसाइटीकै मातहतमा रहेर चितवनको खैरहनीमा अवस्थित नवोदय स्कुलमा कक्षा १० सम्म आवासीय सुविधा सहित चेपाङ समूदायका विद्यार्थीहरु अध्ययनरत छन् ।

NLFS Admin

"Uniting Hearts, Changing Minds: Every Action Counts in Our Journey Towards Social Transformation."

2024-01-01

Review Leave a comment


Newsletter

Subscribe and stay updated with our newsletter.